Logo

प्रमुख समाचार

जडीबुटी कम्पनीमा राजावादीले लगाए आगो



काठमाडौं । राजावादी समूहले काठमाडौंको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी गरेका छन् ।

राजावादी समूहले तोडफोड र आगजनी गर्न सुरू गरेपछि कर्मचारीहरूले भागेर ज्यान जोगाएका छन् ।

कम्पनीकी महाप्रबन्धक डा. संगीता यादवले दिउँसो साढे २ बजे बाहिरबाट ढुंगामुडा सुरू भएको बताइन् । त्यसपछि राजावादी समूहले कार्यालयमा आगो लगाएपछि भागेर ज्यान जोगाएको बताइन् ।

राजधानी काठमाडौंमा राजावादीहरूको आन्दोलन उग्र बनेको छ । काठमाडौंको तीनकुने आसपासको क्षेत्रमा कर्फ्यू लगाइएको छ ।

 

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार २१:४३   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।