Logo

प्रमुख समाचार

तीनकुनेमा जलाइएको घरभित्र मृत भेटिएका व्यक्ति एभिन्यूजका क्यामेरा पर्सन भएको पुष्टि



काठमाडौं । आज तीनकुनेमा राजावादी आन्दोलनका क्रममा जलाइएको घरभित्र मृत भेटिएका व्यक्ति पत्रकार भएको पुष्टि भएको छ ।

उनी एभिन्यूज टेलिभिजनमा कार्यरत क्यामेरा पर्सन सुरेश रजक हुन् ।

उनी घरको छतबाट आन्दोलनको दृष्य कैद गर्दै थिए । त्यसक्रममा अचानक घरमा आगजनी भएपछि उनी बाहिर निस्किन भ्याएनन् ।

एभिन्यूज टेलिभिजनका समाचार प्रमुख केदार कोइरालाले मृतक व्यक्ति रजक नै भएको पुष्टि गरे ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार २२:०२   :  बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।