काठमाडौं । एनआइसी एसिया बैंकले चैत २५ गतेदेखि ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले कुल ५० लाख इकाई बिक्री खुला गर्न लागेको हो । जसमध्ये२० लाख इकाई सर्वसाधारणलाई जारी हुनेछ भने ३० लाख इकाई प्राइभेट प्लेसमेन्ट गरिनेछ ।
सर्वसाधारणलाई जारी हुने इकाई १ लाख इकाई भने म्युचुअल फन्डलाई छुट्याइएको बैंकले जानकारी गराएको छ । बैंकले १० वर्ष अवधि भएको ‘७ एआइसी एसिया डिबेन्चर २०९१’ निष्काशन गर्न लागेको हो । यसमा वार्षिक ७ प्रतिशत ब्याजदर प्रदान हुने बैंकले जनाएको छ । लगानीकर्ताले न्यूनतम २५ इकाईदेखि अधिकतम २५ लाख इकाईसम्म आवेदन दिन सक्नेछन् ।
यो डिबेन्चरमा चैत २८ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त समयसम्म सबै इकाई बिक्री नभएमा भने वैशाख ८ गतेसम्म भर्न सकिन्छ । लगानीकर्ताले आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र शाखा कार्यालयहरु र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । यसमा प्रभु क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको छ ।




















प्रतिक्रिया