Logo

प्रमुख समाचार

फेरि सर्‍यो प्रतिनिधिसभाको बैठक समय



काठमाडौं । प्रतिनिधिसभा बैठक फेरि स्थगित भएको छ । संसद् सचिवालयले तेस्रोपटक सूचना जारी गर्दै बैठकको समय परिवर्तन भएको जानकारी गराएको छ ।

संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले सूचना निकालेर आजै दिउँसो ४ बजे बस्नेगरी बैठक तेस्रोपटक सारेका हुन् ।

यसअघि आजै बिहान ११ बजे बोलाइएको बैठक बस्न सकेको थिएन । सत्ता र प्रतिपक्षी दलहरूबीच सहमति जुट्न नसक्दा सो बैठकका दिउँसो सवा १ बजेका लागि बोलाइयो ।

सवा १ बजे बोलाइएको बैठकमा पनि सत्ता र प्रतिपक्षी दलबीच चर्काचर्की रह्यो ।

त्यसपछि १५ मिनेटका लागि स्थगित गरिएको बैठक दिउँसो साढे ३ बजेसम्मका लागि पुनः सूचना टाँस गरेर स्थगित गरिएको थियो ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आईतवार १५:४८   :  बजे

138
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।