काठमाडौं । प्रतिनिधिसभा बैठक फेरि स्थगित भएको छ । संसद् सचिवालयले तेस्रोपटक सूचना जारी गर्दै बैठकको समय परिवर्तन भएको जानकारी गराएको छ ।
संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले सूचना निकालेर आजै दिउँसो ४ बजे बस्नेगरी बैठक तेस्रोपटक सारेका हुन् ।
यसअघि आजै बिहान ११ बजे बोलाइएको बैठक बस्न सकेको थिएन । सत्ता र प्रतिपक्षी दलहरूबीच सहमति जुट्न नसक्दा सो बैठकका दिउँसो सवा १ बजेका लागि बोलाइयो ।
सवा १ बजे बोलाइएको बैठकमा पनि सत्ता र प्रतिपक्षी दलबीच चर्काचर्की रह्यो ।
त्यसपछि १५ मिनेटका लागि स्थगित गरिएको बैठक दिउँसो साढे ३ बजेसम्मका लागि पुनः सूचना टाँस गरेर स्थगित गरिएको थियो ।




















प्रतिक्रिया