Logo

अर्थ

पियोर इनर्जीको आईपीओ २८ गतेदेखि खुल्ने



काठमाडौं । सर्वसाधारणका लागि पियोर इनर्जीको प्राथमिक सेयर (आईपीओ)मा चैत २८ गतेदेखि आवेदन खुल्ने भएको छ । यसअघि पहिलो चरणमा प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकाहरुका लागि आईपीओ बाँडफाँट भइसकेको छ ।

कम्पनीले अब सर्वसाधारणका लागि कुल ११ लाख ९५ हजार २ सय कित्ताका लागि आवेदन खोल्नेछ । न्यूनतम १० तथा अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

अनलाइन प्रणाली मेरोसेयरमार्फत वैशाख २ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङले जनाएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार १०:१०   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।