Logo

अर्थ

त्रिभुवन विमानस्थल मंगलबारदेखि दैनिक १८ घण्टा खुल्ने



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी मंगलबार (चैत १९ गते)देखि १८ घण्टा सञ्चालनमा आउने भएको छ । मंगलबारदेखि विमानस्थल बिहान ६ बजेदेखि रातको १२ बजेसम्म सञ्चालनमा ल्याउने तयारी भएको छ ।

यसअघि विमानस्थलमा विभिन्न मर्मतको काम जारी रहँदा दैनिक १४ घण्टामात्र खुलेको थियो । गत कात्तिक २३ गतेदेखि विमानस्थल स्तरोन्नतिका लागि रातको समयमा बन्द गरिएको हो ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार १३:३२   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।