Logo

राजनीति

सभामुखलाई रविले भने- मेरो सांसद पद निलम्बन फुकुवा गरियोस्



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवाका लागि सभामुखसँग आग्रह गरेका छन् । मंगलबार बिहान सभामुख देवराज घिमिरेसँगको भेटवार्तामा लामिछानेले यस्तो आग्रह गरेका हुन् ।

यसअघि गत माघ १८ गते पनि उनले सभामुखसँग भेटेर निलम्बन फुकुवाको आग्रह गरेका थिए ।

यस्ता गतिविधिले कुनै पनि सरकारले अर्को पार्टी र प्रतिस्पर्धी नेतालाई सक्काउन सक्नेतर्फ सचेत हुनुपर्ने उनको भनाइ छ ।

‘सभामुख पनि राजनीतिक अधिकार बन्न सक्नेमा चिन्तित हुनुभयो । उहाँ सकारात्मक हुनुहुन्छ,’ लामिछानेले भने ।

लामिछाने गत पुस ८ गते सांसद पदबाट निलम्बित भएका थिए ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलवार १२:४४   :  बजे

120
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।