काठमाडाैं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ । गत शुक्रबारदेखि सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको थियो ।
आज सुनकाे मूल्य प्रतितोला ६ सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७९ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला १ लाख ७९ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो । त्याे हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो ।
यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ । यसदिन चाँदीको मूल्य प्रतितोला २ हजार २० रूपैयाँमा कारोबार भइरहेको छ ।




















प्रतिक्रिया