Logo

अर्थ

मार्चमा भित्रिए १ लाख २१ हजार पर्यटक, भारतबाट सबैभन्दा धेरै



काठमाडाैं । सन् २०२५ को मार्च महिनामा १ लाख २१ हजार ६ सय ८७ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । सन् २०२४ को मार्चको तुलनामा यसपालि पर्यटक आगमनको संख्या कम देखिएको छ ।

नेपाल पर्यटन बोर्डका अनुसार मार्च महिनामा भारतबाट सबैभन्दा धेरै २१ हजार चार सय ४१ पर्यटक नेपाल भ्रमणमा आएका हुन् ।

त्यस्तै, चीनबाट ११ हजार ४ सय ४३, अमेरिकाबाट ११ हजार ९२ र श्रीलंकाबाट ८ हजार ८ सय ८६ पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

अघिल्लो वर्ष मार्च महिनामा १ लाख २८ हजार १ सय ६७ पर्यटक नेपाल भ्रमणमा आएका थिए ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार १५:२०   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।