Logo

अर्थ

सेयर बजारमा २५ अंकको वृद्धि, ५ अर्ब ४४ करोडको कारोबार



काठमाडौं । आज सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक २५.३१ अंकले बढेर २७०१ को विन्दुमा कायम भएको छ ।

आज १६६ कम्पनीको सेयर मूल्य बढेको छ भने ७८ कम्पनीको मूल्य घटेको छ ।

आज ५ अर्ब ४४ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सीएचडीसीको सेयर कारोबार भएको छ । यस कम्पनीको ३६ करोड ५५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन रि-इन्स्योरेन्सको ३५ करोड ६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै विशाल बजार कम्पनी र सेन्ट्रल फाइनान्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजूका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार १५:१३   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।