काठमाडौं । नेपाल पुनर्बिमा कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिका कम्पनीले १ अर्ब १३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा २७.४० प्रतिशत थोरै हो ।
अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले १ अर्ब ५५ करोड ८८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
नेपालमा सञ्चालनमा रहेका दुई पुनर्बीमा कम्पनीमध्ये यसमा सरकारी स्वामित्व छ ।
नाफा घट्दा वार्षिक प्रतिसेयर आम्दानीमा असर परेको छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ८ रुपैयाँ ४३ पैसा छ । यस्तो आम्दानी पहिले १२ रुपैयाँ १७ पैसा थियो ।
कम्पनीको खुद प्रिमियम आम्दानी घटेको छ । अघिल्लो आवमा यस्तो आम्दानी ९ अर्ब ८८ करोड रहेकोमा गत आर्थिक वर्ष ९ अर्ब ४९ करोडमा खुम्चियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ छ । बुधबार बजार बन्द हुँदा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ३१२ रुपैयाँ छ ।




















प्रतिक्रिया