Logo

अर्थ

प्रदेश सरकारलाई ७८ अर्ब रुपैयाँ राजस्व बाँडफाँट, कुनलाई कति?



काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेश सरकारलाई उपलब्ध गराउने राजस्व बाँडफाँटको अनुमानित रकम सार्वजनिक गरेको छ । संघीय सरकारले राजस्व बाँडफाँटबाट आगामी आर्थिक वर्षमा प्रदेशहरुलाई कुल ७८ अर्ब ८ करोड ५० लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।

जसअन्तर्गत, सबैभन्दा धेरै कोशी प्रदेशले १२ अर्ब ३९ करोड ६० लाख रुपैयाँ पाउने अनुमान गरिएको छ । यस्तै, मधेस प्रदेशले १२ अर्ब ३५ करोड ८४ लाख रुपैयाँ र बाग्मती प्रदेशले ११ अर्ब ५२ करोड ८४ लाख रुपैयाँ पाउने अनुमान छ । सबैभन्दा थोरै भने गण्डकी प्रदेशले ९ अर्ब ७९ करोड ११ लाख रुपैयाँ पाउने छ ।

यता, लुम्बिनी प्रदेशले ११ अर्ब ८६ करोड ५६ लाख रुपैयाँ, कर्णाली प्रदेशले १० अर्ब २७ करोड ३० लाख रुपैयाँ र सुदूरपश्चिम प्रदेशले ९ अर्ब ९७ लाख २५ हजार रुपैयाँ पाउने अनुमान छ ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार १२:१५   :  बजे

144
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।