Logo

प्रमुख समाचार

१०३ दिनपछि काठमाडौंका प्रमुख प्रशासकीय अधिकृतले गरे हाजिर

अब रोकिएको तलब खुल्छ : महानगर प्रवक्ता मानन्धर



काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईंले हाजिर गरेका छन् । उनले १०३ दिनपछि बिहीबार कार्यालय पुगेर हाजिर गरेका हुन् ।

गुरागाईं कार्यालय पुग्दा केहीबेर तनाव भएको थियो । मेयर बालेन शाहको निर्देशनमा महानगरको टोलीले उनलाई कार्यालय प्रवेश गर्न रोक लगाउने प्रयास गरेका थिए ।

बिहीबार हाजिर गर्न पुगेका उनलाई रोक्न महानगर प्रहरी समेत खटाइएको थियो । तर, कर्मचारीहरूले उनलाई रोक्न नदिंदै कार्यकक्षसम्म पुर्‍याए ।

उनलाई गत पुस ७ गतेदेखि गुरागाईंलाई बिदामा राखिएको थियो ।

काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरले प्रमुख प्रशासकीय अधिकृतले जिम्मेवारी सम्हालेको र भोलिदेखि सबै सहज हुने बताए । उनले भने, ‘उहाँले आफ्नो पदभार सम्हाल्नुभएको छ । अब सबै वातावरण सहज भइसक्यो । रोकिएको तलव सुविधा पनि खुल्छ ।’

 

 

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार १४:०१   :  बजे

186
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।