Logo

अर्थ

नेपालमा भारतीय वायुसेवा कम्पनी एयर इन्डिया एक्सप्रेस र स्पाइसजेटको नियमित उडान



काठमाडाैं । भारतीय वायुसेवा कम्पनी एयर इन्डिया एक्सप्रेस र स्पाइसजेट एयरले नेपालमा नियमित उडान सुरू गरेका छन् । यी दुबै वायुसेवाले मार्च १ अर्थात् मंगलबारदेखि काठमाडौंमा नियमित उडान थालेका हुन् ।

दुईमध्ये एयर इन्डिया एक्सप्रेस नेपालमा पहिलो पटक आएको हो । एयर इन्डियाको दुई वटा कम्पनी छ । यसअघि पनि एयर इन्डियाले काठमाडौंमा नियमित उडान गरिरहेको  छ।

एयर इन्डिया एक्सप्रेसले दिल्लीभन्दा बाहिरका सहरबाट उडान गर्दै आइरहेको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार एक्सप्रेसले मुम्बुई–काठमाडौं र बैंग्लोर–काठमाडौं गरी दैनिक दुई वटा उडान सुरू गरेको छ ।

प्राधिकरणका अनुसार भारतीय सस्तो भाडादरको वायुसेवा मानिने स्पाइसजेट कोरोना अगाडि नेपालमा नियमित उडान गर्दै आएको थियो । यसले भारतको दिल्लीबाट काठमाडौं उडान गर्ने भएको छ ।

नयाँ दुई वायुसेवासँगै भारतबाट नियमित उडान गर्ने वायुसेवाको संख्या ४ पुगेको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार १५:५६   :  बजे

120
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।