Logo

प्रमुख समाचार

असोजको विनाशकारी बाढीको क्षति अध्ययनका लागि बल्ल तात्यो सरकार



काठमाडौं । विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्ले गत असोजमा गएको बाढी, पहिरोबाट भएको क्षतिको (डिडिए) यकीन एक महिना भित्र गर्ने निर्णय गरेको छ ।

सोमबार सिंहदरबारमा प्रधानमन्त्री खड्ग प्रसाद ओलीको अध्यक्षतामा बसेको परिषद्को बैठकले क्षति यकिन गर्नका लागि एक महिनाको समय सीमा तोकेको हो । यसबाहेक पुनर्निर्माण र पश्चिम नेपालको भूकम्प प्रभावित क्षेत्रमा राहत वितरणको कार्यलाइ पनि प्राथमिकता दिने निर्णय बैठकले गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक इन्जिनियर दिनेशप्रसाद भट्टले बैठकमा गत असोज १० देखि १२ गतेसम्मको मनसुनजन्य विपद्को क्षतिको आँकलन कार्य चैत्र २८ र २९ गते भित्र सम्बन्धित क्षेत्रमै सम्पन्न गर्ने निर्णय भएको बताए ।

उनले ६ हजार जति घरको क्षतिको प्रारम्भिक विवरण आएकोमा त्यसको विस्तृत क्षति मूल्याङ्कन कार्य एक महिनाभित्रमा सम्पन्न गर्ने गरी टोली परिचालन गर्ने निर्णय भएको बताए । त्यसको लागि संयुक्त राष्ट्र संघ(युएन) बाट ६ जना प्राविधिक र १२ जना स्थानीय तहका प्राविधिक खटिने भएका छन् ।

बैठकले प्रदुषण नियन्त्रण गर्न स्थानीय तहमा सचेतना फैलाउने र नियन्त्रणका लागि जनशक्ति परिचालन गर्न तीन तहकै सरकारलाई निर्देशन दिने निर्णय भएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार ०७:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।