काठमाडाैं । नेपाल स्टक एक्सचेञज(नेप्से)मा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ सूचीकृत भएको छ । आज नेप्से र क्रेष्ट माइक्रो लाइफबीच प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएको ७५ लाख कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो ।
कम्पनीले सर्वसाधारणसमक्ष एनआइएमबी एस क्यापिटल (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक)मार्फत फागुन २२ गतेदेखि २६ गतेसम्म आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको थियो ।
नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको आईपीओ बिहिबारको कारोबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।




















प्रतिक्रिया