Logo

अर्थ

९ अंकले बढ्याे सेयर बजार



काठमाडौं । आज सेयर बजार बढेको छ । नेप्से परिसूचक ९.६६ अंकले बढेर २६७६ को विन्दुमा कायम भएको छ ।

आज १५४ कम्पनीको सेयर मूल्य बढेको छ भने ९० कम्पनीको मूल्य घटेको छ ।

आज ४ अर्ब ४८ करोड रुपैयाँको सेयर कारोबार भएको हो । आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । यस कम्पनीको ४२ करोड ७५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरे सिन्धु विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार १५:२५   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।