Logo

प्रमुख समाचार

नेपाल बार एसोसिएसनको अध्यक्षमा मिश्रको जित निश्चित, २२८७ मतले अगाडि



काठमाडौं । नेपाल बार एसोसिएसनको अध्यक्ष पदमा प्रा. डा. विजय प्रसाद मिश्र निर्वाचित हुने निश्चित भएको छ । मिश्र माओवादी–रास्वपा लगायत दलको गठबन्धनका रमन श्रेष्ठभन्दा २ हजार २८७ मत अन्तरले अगाडि भएपछि मिश्र अध्यक्ष निर्वाचित हुने पक्का भएको हो ।

निर्वाचन समिति स्रोतका अनुसार अब गन्न बाँकी पुनरावेदन अदालत पाटनको करिब १ हजार ५५८ र ललितपुर जिल्लाको ५६० गरी २ हजार ११८ मत छ ।

नेपालका कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि चैत २० गते देशभर मतदान भएको थियो । मतगणना बार एसोसिएसनमा भइरहेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार १६:४३   :  बजे

399
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।