काठमाडौं । मुख्यसचिव एक नारायण अर्याल छेपारोले रङ्ग फेरे झैं राजनीतिक दलको नेताको फेर समाएर मुख्यसचिवमा बिराजमान भएका थिए ।
उनै मुख्य सचिव अर्यालकै कारण मुलुकको निजामति प्रशासनले यो द्रुगति भोग्नु परेको बताइन्छ । किनकी, अर्याल प्राय ‘मै खाऊँ, मै लाऊँ र मोजमस्तीमै रमाउ भन्ने व्यक्तिसमेत मानिन्छन । योसँगै उनी पावर एक्ससाइज गर्ने कर्मचारीमासमेत दर्ज हुँदै आएका छन् । मुख्यसचिव अर्याल कै कारण संघीय निजामती सेवा ऐन र कुलिङ पिरियडमा घुसपैठ हुँदा संघीय संसदबाट निर्धारित समयमा ऐन जारी हुन सकेन ।
ऐन जारी गर्न उनी असफल भएपछि निजामति प्रशासन भाँडमा गएपनि मलाई मतलव छैन भन्दै हिंडेका छन । सोही कारण उनले कर्मचारी प्रशासलाई चलायमान होइन अझेलमा पार्दै लगेका छन । उनै अर्याल पावर एक्ससाइज गर्ने कर्मचारीमा गनिन्छन । यसअघि उनी नेकपा एकीकृत समाजबादीका अध्यक्ष माधव नेपाल शक्तिमा रहँदा उनको वरिपरी घुमेर कमाउ अड्डामा बिराजमान हुँदै मस्ती गरेका थिए ।
नेपालको पावर खस्किएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वरिपरी र एमाले निकट कर्मचारी संगठनका केही नेताको वरिपरी घुमेर रमाउने पात्र पनि हुन् । माओवादी र एमालेको सरकार रहेको बखत उनी घुमिफिरी रुम्जाटार भने झैं कहिल्यै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, श्रम, रोजगार था सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारीमा रहेका कामकाज गर्दा मेनपावर कम्पनी सुधारको नाममा असुली धन्दा संचालन गरेर अकुत सम्पत्ति आर्जन गरेको आरोप उनीमाथि लाग्ने गरेको ।
निर्वतमान श्रम मन्त्री शरद सिंह भण्डारीले सचिव अर्यालको यस्तो चाला थाहा पाएपछि उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरेका थिए ।
त्यसपछि श्रम सचिवमा मुकुन्द निरौलालाई भित्राएका थिए । सचिव अर्याल प्रधानमन्त्री कार्यालयमा रहँदा गृह, अर्थ, पर्यटन मन्त्रालयमा जम्प गर्नको लागि जोडबल गरिरहेका थिए । एक्कासी माओवादी र कांग्रेसको सरकार गिरेर माओवादीको नेतृत्वमा, एमाले र रास्वपाको सरकार गठन भएको थियो ।
उक्त सरकार गठन भए लगत्तै गृह मन्त्रालयको नेतृत्व रवि लामिछानेले संहाल्ने अवसर प्राप्त गरेका थिए । रवि गृह मन्त्री बनेसँगै प्रधानमन्त्री कार्यालयमा रहेका उनै सचिव अर्याल रास्वपाका नेता डिपी अर्याललाई थरको नता जोडेर गृह सचिवमा बाजी मार्न सफल भएको बताइन्छ । गृह सचिवमा उनले बाजी मारेसँगै रास्वपाको सदस्यता लिएको जानकारहरु बताउँछन । सो पार्टीको सदस्यता लिएसँगै तत्कालीन गृह मन्त्री लामिछानेको वरिपरी रहेर रजगज गरेका थिए ।
गृह सचिवमा बाजी मारेपछि उनमा थप महत्वकाँक्षा बढेको थियो । त्यसपछि उनी मुख्यसचिव बन्ने योजनामा लागेका थिए । आफु मुख्यसचिव बन्नको लागि उनले तत्कालीन मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई टेरामक्स काण्डमा फसाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गर्न लगाएका जानकारस्रोतको दाबी छ । तत्कालीन मुख्य सचिव अर्याललाई अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी स्वत निलम्वनमा परेका थिए ।
अर्याल निलम्बित भएसँगै एकनारायणको मुख्यसचिवको सपनालाई साकार रुप दिनका लागि वभिन्न शक्ति केन्द्रलाई रिझाईं करोडौं थैली बोकेर सिनियर तीनजना सचिवहरुलाई पछि पार्दै जुनियर अर्यालले मुख्यसचिवमा बाजी मारेको बताइन्छ । उनी मुख्य सचिव बनेसँगै अन्य सचिवहरुलाई अन्यत्र कतै सरुवा गरेका थिएनन् । अन्य सचिवहरुलाई सरुवा नगर्नुको कारण उनीहरुबाट प्राप्त कमिशन खेल नै मुख्य कारण रहेको बताइएको छ ।
मुख्य सचिवले अन्य सचिवहरुलाई छिटोछिटो सरुवा गरेको खण्डमा कमिशन नआउने भएकोले समय अनुसार गर्नुपर्ने सरुवा समयमा नगरिएको समाचारस्रोतको दावी छ । साथै, अर्यालले आफु मुख्यसचिव हुँदा थोरबहुत गरेको खर्च र जागिरबाट अवकाश भएपछि राजनीतिक नियुक्ति पडकाउनको लागि रकमको जोहो र आफु निकट कर्मचारीहरुलाई मालदार अड्डामा सरुवा गरी ठूलै उठ्तीफुठतिको धन्दा संचालन गर्दै आएका छन ।
जसले गर्दा कर्मचारी प्रशासनलाई चलाएमान बनाउन सकेका छैनन् । यही कारण तत्कालीन प्रधानमन्त्री ओली नेतृत्वको सरकार बदनाम हुँदै गएको पनि थियो । उनकै कमजोरीको कारण प्रधानमन्त्रीको बदनाम मात्रै भएको थिएनकी भ्रष्टाचार पनि संस्थागत हुँदै गएको थियो । उनै प्रधानमन्त्री ओलीले विश्वास गरेर मुख्य सचिव बनाएका अर्यालले धोका दिँदा मुलुकले आज ठूलो क्षति व्यहोर्नु परेको छ ।
गएको भदौ २२ गते टोखास्थित एक अज्ञात स्थानमा जेनजी पुस्तालाई तालिम दिएर मर्न र मार्न तयार हुने भिडियो सार्वजनिक भएको फिल्म प्रदर्शन भएको सुचना कर्मचारी वृतबाट बाहिर आएको थियो । तर, उक्त सूचना पाएपछि मुख्यसचिव अर्याल समक्ष जानकारी गराउदासमेत वेवास्था गरियो । उल्टै ‘तपाईं आफ्नो सुरक्षा आफैं गर्नुस, किन नचाहिँदो कुरा गर्नु हुन्छ’ भनेर हाँसेर उडाइदिएको समाचारस्रोतले बताएकोे छ ।
नभन्दै त्यसको भोलिपल्ट २३ गते सोमवार माइतीघर मण्डलामा जेनजी पुस्ताहरुले जुलुस प्रर्दशन गरेसँगै १५ सय मिटर अगाडि रहेको संसद भवनमा आगजनी र तोडफोड हुँदा १९ जना जेनजीहरुले ज्यान गुमाउनु परेको थियो । गोली हान्ने आदेश काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले दिनु नै कर्मचारीतन्त्रको नेतृत्व कस्तो रहेछ भन्ने कुरा स्पष्ट भएको छ ।
त्यसैगरी, १९ जनाको मृत्युवरण पछि २४ गते देशभरी आगजनी र तोडफोड हुनुको साथै कतिपय आन्दोलनकारीको मृत्यु हुन पुगेको थियो । यस्तो गंभिर अवस्थामा पनि मुख्यसचिवको भूमिका भने कहिँ कतै उल्लेखनीय देखिएको थिएन । मुलुक भित्र ठूलो भौतिक संरचनादेखि राजनीतिक दलका नेताहरुको घर तोडफोड र ७४ जनाले ज्यान गुमाएका छन । त्यससँगै ओली सरकार ढल्यो ।
लगत्तै संसद विघटन गरि ६ महिना अर्थात आगामी फाल्गुन २१ गते प्रतिनिधि सभाको चुनाव गराउने गरी पूर्व प्रधान न्यायाधीशसमेत रहेकी सुशिला कार्कीको नेतृत्वमा गठिन नयाँ सरकार गठन भएको छ । नयाँ सरकार गठन भएसँगै मुख्यसचिव अर्याल अहिले असली राष्ट्रवादी कर्मचारी र सरकार निकट बन्न पुगेका छन् ।
नेपालको संविधान र सार्वभौम सत्तामाथि खेल्ने काम उनै मुख्यसचिव अर्यालले गरिरहँदा पनि मुख्य राजनीतिक दल र सम्बन्धित निकायका अधिकारी गुमनाम झै हुन पुगेका छन् तामाकोसी सन्देशमा समाचार छ ।
किनकी, गत भदौ २२ गते जेनजी पुस्ताको सुचना मुख्यसचिवको कानमा पुग्दा समेत त्यसको सुनुवाइ नहुनुले आज राष्ट्रले ठूलो मूल्य चुकाउनु परेको मात्र छैनकी आर्थिक अवस्थासमेत कमजोर हुन पुगेको छ ।



















प्रतिक्रिया