काठमाडौं । नेपाल र भारतबीच कृषि क्षेत्रमा क्षेत्रमा सहयोग र सहकार्यका लागि एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी र भारतका ग्रामीण विकास तथा कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
यो सम्झौताले दुई देशहरू बिचको निरन्तर सहकार्यलाई सुदृढ पार्ने लक्ष्य राखेको छ । यस सम्झौताले विशेष गरी बाली उत्पादकत्वमा सुधार, पोष्ट हार्भेष्टको व्यवस्थापन र बजारीकरणका साथै जलवायु उत्थानशीलता र दिगो कृषि जस्ता क्षेत्रहरूमा हाल जारी रहेको सहयोगलाई नयाँ प्रेरणा दिने अपेक्षा गरिएको छ ।
त्यस्तै कृषि–बजार प्रणालीहरू, जलवायु–प्रतिरोधी र दिगो कृषि अभ्यासहरूलाई प्रवर्द्धन गर्ने जस्ता क्षेत्रहरूमा सहयोग मिल्नेछ ।
यसअघि मन्त्री अधिकारी र चौहानबीच दुई पक्षीय भेटघाट भएको थियो ।




















प्रतिक्रिया