Logo

अर्थ

वैदेशिक सहायता घट्दै गयोः परराष्ट्रमन्त्री राणा



काठमाडाैं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अन्तर्राष्ट्रिय अनुदानहरू क्रमशः संकुचित हुँदै गइरहेको बताएकी छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ५९औं वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले भूराजनीतिक परिस्थितिका कारण अनुदान अझै घट्ने सम्भावना रहेको औंल्याइन् ।

उनले भनिन्, ‘‘अब वैदेशिक ऋण र अनुदान पहिलाको तुलनामा कम आउनेछ। अहिलेको अवस्था हेर्दा वैदेशिक सहायताको हिस्सा क्रमशः घटिरहेको छ।’’

परराष्ट्रमन्त्री देउवाले देशको आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका अझै सशक्त हुनुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘‘सबै नेपाली आर्थिक विकास र प्रगतिको आकांक्षी छौं। ती आकांक्षाहरू निजी क्षेत्रको सक्रियता र सहभागिताबाट मात्रै सम्भव छन्। द्रुत आर्थिक वृद्धि र विकासको लक्ष्य हासिल गर्न नेपालले दिगो विकासका लक्ष्यहरू पुरा गर्नुपर्नेछ।’’

उनले उद्योग वाणिज्य महासंघले नेपाली अर्थतन्त्रलाई अगाडि बढाउन महत्वपूर्ण योगदान दिएको उल्लेख गरिन् ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार १४:५२   :  बजे

159
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।