काठमाडौं । नेपाल आयल निगम भ्रष्टाचारको अखडा बन्दै गएको छ । अप्ठ्यारो अवस्थामा पनि आयल निगमलाई नाफामा पुर्याएर कार्यकाल समाप्त हुनु अगावै उमेश थानी निगमबाट बाहिरिए । तर उनीपछिको नेतृत्व सम्हालेका चन्डिका भट्टले भने आयल निगमलाई घाटामा पुर्याएका छन् । कम्पनी घाटामा जाँदा पनि कमिसन र बोनस खान मिल्ने सार्वजनिक संस्थान आयल निगम हो ।
ग्राहकलाई ठग्नेदेखि चोरीचकारी गर्ने अवैध कामको अड्डाको रुपमा पहिचान बनाएको आयल निगममा यतिबेला उद्योग तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र निगम प्रमुखको मिलेमतोमा मिसन ८४ को नाममा कमिसन चौरासी भईरहेको पाईएको छ । तर निगमभित्रका ईमान्दार कर्मचारीहरु भने यो काम टुलुटुलु हेरेर बस्न बाध्य छन् ।
निगमको कार्यकारी निर्देशकमा नियुक्त भएपछि चण्डिका भट्टको बिभागीय मन्त्री भन्डारीसँग खटपट भयो । उनीहरुबीच केही समय बोलिचाली बन्द भएको समाचारहरु पनि बाहिरिएका थिए ।
बिचौलियाको जोडबलमा नियुक्त भएका भट्टले् मन्त्रीलाई नजराना नचढाएपछि खटपट भएको स्रोत बताउँछ । तर, बिस्तारै कमिसनको पोको मिसन ८४ को नाममा मन्त्री भण्डारीको क्वाटरमा पुग्न थालेपछि दुवै मिलेर निगममा लूट मच्चाइरहेका छन् ।
पछिल्लो समय दुवैजनाको ट्युनिङ मिलेपछि अनावश्यक पूर्वाधार निर्माणमा जोड दिन थालेका छन् । कमिसनकै लागि भौतिक निर्माण गरेर आफू अनुकुल मासिनलाई काम दिँदै कमिसन बटुल्दै गर्न थालिएको छ ।
पूर्वाधार निर्माणमा मिसन ८४ को नाममा कमिसन ८४ मा जोड दिईएको अहिले उद्योग तथा आपूर्ति मन्त्रालय आसपासमा चर्चा हुने गरेको छ । भैरहवा, धनगढी र सिनामंगलको डिपो असुरक्षित भएको हल्ला गर्दै स्थानान्तरण र भण्डारण क्षमता बढाउने योजना उनीहरुले अघि सारेका छन् । इन्धन डिपो निर्माण तथा स्थानान्तरणका लागि चण्डिका भट्टले सबै अधिकार प्रदिप यादवलाई हस्तान्तरण गरेका छन् ।
आयल निगममा प्रदिप यादवभन्दा माथिल्लो पदमा नै ७ जना कर्मचारी छन् । तर, काम भने यादवले पाएका छन् । कुनै बिशेष योग्यता र दक्षता नभएका यादवलाई प्रमुख बनाउन कुनै मापदण्ड पनि अपनाईको छैन ।
सबै इन्धन डिपो निर्माण तथा स्थानान्तरणको प्रमुख नै प्रदीपलाई बनाउनुले पनि ठुलो चलखेलन भएको पुष्टि हुन्छ । यता, निर्देशक भट्ट भने आफूले नियमअनुसार नै काम गरिरहेको दावी गर्दै आएका छन् ।




















प्रतिक्रिया