Logo

पत्रपत्रिका

नयाँ वर्षसँगै भूमिसुधार सचिवको अवकाश, नागरिक उड्डयनका महानिर्देशकमाथि आरोपै आरोप



काठमाडौं । नेपाल सरकारका सचिवहरुको अवकाश हुने क्रममा भूमिसुधार, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुन पोख्रेल पनि परेका छन् ।

सचिव पोख्रेलको अवकाश नयाँ वर्षको भोलिपल्ट अर्थात् २०८२ साल वैशाख २ गते हुने बताइएको छ । अर्थ मन्त्रालयको अनुभव भएकाले सचिव पोख्रेलले अर्थमन्त्रालय ताकेका थिए तर उनी सफल हुन नसकेपछि भूमिसुधार सहकारी तथा गरिबी निवारण मन्त्रालयमा कार्यरत रहेका थिए ।

आय आर्जनका हिसाबले भूमिसुधार मन्त्रालय आकर्षक मानिने गरिन्छ । अधिराज्य भरका नापी र मालपोत प्रमुखहरुको सरुवाबाट प्राप्त हुने दक्षिणाले मन्त्री एवं सचिवको गाला चिल्लो बन्ने गरेको जानकारहरुले बताएका छन् ।

सचिव पोख्रेल, अवकाश हुन अगाडि नै सहकारी विकास प्राधिकरण अधिराज्यभरका सहकारीहरुको अनुगमन र नियमन गर्ने हिसाबले गठन गरिएको हो । प्राधिकरणको अध्यक्ष बन्नका लागि सचिव पोख्रेलले मन्त्री बलराम अधिकारीलाई मोटो रकम बुझाएको चर्चा चलेको छ ।

पछिल्लो समय मालपोत र नापी विभागले गर्ने कर्मचारीहरुको सरुवामा मन्त्रीको सचिवालयले हस्तक्षेप गर्दा समेत सचिव पोख्रेल निरिह बन्ने गरेको समाचार श्रोतले बताएको छ । भूमिसुधार तथा सहकारी तथा गरिबी निवारण मन्त्रालयको अतिरिक्त आम्दानीले गोकर्णमणि दुवाडी गृहसचिव बनेको र पोख्रेल प्राधिकरणको अध्यक्ष बन्ने सिंहदरबारभित्र गाइँगुइँ हल्ला चलेको छ ।

सचिव पोख्रेलले मन्त्री अधिकारीको मतियार बनेर फाइदा लिँदै आएको समाचारमा उल्लेख छ । यता, वैशाखको पहिलो साता अवकाश हुन लागेका प्रमुख निर्वाचन आयुक्तको ठाउँमा हालका मुख्यसचिव एकनारायण अर्यालको चर्चा चलेको छ ।

श्रमसचिव गृहसचिव हुँदै मुख्यसचिव बनेका अर्याल कार्यक्षमता र सुधारवादी प्रशासकका रुपमा चिनिन्छन् । आर्थिक वर्षको अन्त्यसम्म करिब आधा दर्जन सचिवहरुले अवकाश पाउने भएका छन् । प्राधिकरण अधिराज्यभरका सहकारीहरुको अनुगमन र नियमन गर्ने हिसाबले गठन गरिएको हो । प्राधिकरणको अध्यक्ष बन्नका लागि सचिव पोख्रेलले मन्त्री बलराम अधिकारीलाई मोटो रकम बुझाएको चर्चा चलेको छ ।

पछिल्लो समय मालपोत र नापी विभागले गर्ने कर्मचारीहरुको सरुवामा मन्त्रीको सचिवालयले हस्तक्षेप गर्दा समेत सचिव पोख्रेल निरिह बन्ने गरेको समाचार श्रोतले बताएको छ । भूमिसुधार तथा सहकारी तथा गरिबी निवारण मन्त्रालयको अतिरिक्त आम्दानीले गोकर्णमणी दुवाडी गृहसचिव बनेको र पोख्रेल प्राधिकरणको अध्यक्ष बनेको सिंहदरबारभित्र गाईगुई हल्ला चलेको छ ।

सचिव पोख्रेलले मन्त्री अधिकारीको मतियार बनेर फाईदा लिदै आएको समाचारमा उल्लेख छ ।

यता वैशाखको पहिलो साता अवकाश हुन लागेको प्रमुख निर्वाचन आयुक्तको ठाउँमा हालका मुख्यसचिव एकनारायण अर्यालको चर्चा चलेको छ । श्रमसचिव गृहसचिव हुँदै मुख्यसचिव बनेका अर्याल कार्यक्षमता र सुधारवादी प्रशासकका रुपमा चिनिन्छन् ।

नागरिक उड्डयनका महानिर्देशकमाथि आरोपै आरोप

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई दर्जनौ आरोपहरु लाग्दा समेत पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले सुनपानी छर्केर चोख्याई रहेका छन् ।मन्त्री पाण्डेलाई पनि क्यासिनो र क्यानको चास्तीमा डुबेको आरोप लाग्ने गरेको छ । क्यासिनो सञ्चालन गर्न मोटो रकम लिएर स्वीकृति दिएको काँग्रेसकै सांसद राजेन्द्र बजगाईले आरोप लगाएका थिए ।

त्यसैगरी क्यानका महानिर्देशक अधिकारीको दानापानीमा डुबेको चर्चा मन्त्रालयमा चलेको छ । नागरिक उड्डयन प्राधिकरण टुक्य्राउने बताए पनि हालसम्म कार्यान्वयन हुन सकेको छैन । आफूभन्दा वरिष्ठहरुलाई पन्छाएर पैसाको बलमा महानिर्देशक बनेको तथ्य पूर्वपर्यटन मन्त्री प्रेमबहादु आलेले संसदीय समितिमा बताइसकेका छन् ।

पैसाको बलमा नागरिक उड्डयनको महानिर्देशक बनेपछि सिनामंगलस्थित क्यानको भवन निर्माणमा भ्रष्टाचार भएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कागजपत्रहरु समेत कब्जामा लिएको थियो ।

अर्बौ रुपियाँ बजेट भएको प्राधिकरणले हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिस्तार गरिरहेको छ । १५ अर्ब लागतमा विस्तार भैरहेको उक्त विमानस्थलमा पनि महानिर्देशक अधिकारीले ब्यापक चलखेल गरेको जानकारहरुले बताएका छन् ।

यसअघि राष्ट्रिय गौरवका योजना मानिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा पनि आयोजना प्रमुखको रुपमा रहँदा व्यापक घोटाला गरेको चर्चा चलेको थियो ।

काँग्रेस नेतृ एवं परराष्ट्रमन्त्री आरजु राणा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी गंगा दाहाल र एमालेका विष्णु रिमालसँग घनिष्ठ सम्बन्ध बनाएका कारण महानिर्देशक अधिकारीले बिगत तीन वर्षदेखि क्यानमा ब्रम्हलुट मच्याइरहेको समाचार श्रोतले जानकारी दिएको छ ।

उक्त कार्यकालमा महानिर्देशक अधिकारीले मन्त्रीहरु प्रेमबहादुर आले, सुदन किराँती र बद्रीप्रसाद पाण्डेलगायतको नाडी छाम्ने मौका पाएका खबर नयाँ विमर्शमा उल्लेख छ । हाल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडानहरु बन्द हुँदा महानिर्देशक अधिकारीलाई कारबाही गर्न माग गरेका छन् ।

गत चैत १६ गतेबाट अन्तर्राष्ट्रिय उडान रोकिएपछि विमानस्थल सुनसान बनेको र पर्यटन व्यवसायीहरु निराश भएका छन् । रुपन्देहीको सिद्धार्थ सञ्जालले कारबाहीको माग गरेको छ । भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुन नसक्ने महानिर्देशक अधिकारीले बताएको समाचार श्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आईतवार २३:२८   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।