Logo

अर्थ

चैत मसान्तसम्म १ खर्ब नाघ्यो विकास खर्च



काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि चैतसम्ममा विकास बजेट १ खर्ब नाघेको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार चैत मसान्तसम्म १ खर्ब २ अर्ब ९० करोड रुपैयाँ विकास बजेट खर्च भएको छ । जुन यस वर्ष सरकारले लिएको लक्ष्यको तुलनामा मात्र २९.२ प्रतिशत हो ।

सरकारले यस वर्ष ३ खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँ बराबर विकास खर्च विनियोजन गरेको छ । आर्थिक वर्ष सकिन ३ महिना बाँकी रहँदा खर्च गर्नुपर्ने रकम भने ७० प्रतिशत भन्दा धेरै बाँकी छ ।

 

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार १३:०२   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।