Logo

अर्थ

आजदेखि ५ रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा



काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि पाँच रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याएको छ ।

राष्ट्र बैंकले आज सूचना जारी गरि साबिककै आकार तथा रङ्गमा पाँच रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याएको जनाएको छ ।

नयाँ नोटको अग्रभागको बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप, तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत र नोटको तल्लो भागको बोर्डरमा नोटको सिरिस नम्बर नेपालीमा वि.सं.२०८१ लेखिएको हुने छ ।

नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीले हस्ताक्षर रहनेछ ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलवार १०:५८   :  बजे

138
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।