काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८०/८१ मा विनियोजन गरिएको बजेट सकिएपछि विभिन्न आयोजनामा थप रकम रकमान्तर गरेको छ । अर्थ मन्त्रालयका अनुसार काम नगरेका र बजेट खर्च नहुने योजनाबाट रकम कटौती गरी ५८ वटा सक्रिय आयोजनामा झण्डै ३ अर्ब ३८ करोड रुपैयाँ रकमान्तर गरिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालय अन्तर्गका आयोजनमा सबैभन्दा बढी रकमान्तर भएको अर्थ मन्त्रालयले जनाएकाे छ । एक करोड रुपैयाँभन्दा बढी रकम एउटा उपशीर्षकबाट अर्कोमा सारिएको यस्तो रकम फागुन महिनामा सबैभन्दा धेरै भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयमा नै गएको छ ।
अर्थ मन्त्रालयले फागुन महिनामा ४६ वटा नयाँ आयोजनाका लागि थप २ अर्ब ३८ करोड रुपैयाँ निकासा दिएको जानकारी दिएको छ । यो रकम नयाँ तथा प्राथमिकतामा परेका आयोजना सम्पन्न गर्न विनियोजन गरिएको हो ।
त्यस्तै, फागुन महिनामै सरकारले २५ लाख रुपैयाँ आर्थिक सहायता समेत वितरण गरेको छ। यस अन्तर्गत नेपाल संवत् न्यूदँ राष्ट्रिय संरक्षण समाजलाई १५ लाख र ज्यापु संस्कृति विकास कोषलाई १० लाख रुपैयाँ उपलब्ध गराइएको हो ।
यही अवधिमा मन्त्रालयले १७ वटा नयाँ ऐन, नियमावली, कार्यविधि तथा मापदण्ड निर्माणका लागि स्वीकृति पनि दिएको छ ।




















प्रतिक्रिया