Logo

अर्थ

बुधबारबाट रिलायबल म्युचुअल फण्ड निष्कासन हुने



काठमाडौं । रिलायबल समृद्धि योजना बुधबार (वैशाख ३ गते )देखि निष्कासन हुने भएको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड कोष प्रवद्र्धक र रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको छ ।

बन्दमुखी म्युचुआल फण्ड १० वर्षका लागि खुल्ला हुने भएको छ । नेपाल धितोपत्र बोर्डबाट गत चैत १९ गते स्वीकृत भएको फण्डले भोलिबाट सर्वसाधारणको लागि खुल्ला गर्ने भएको छ ।

उक्त फण्डमा न्यूनतम १०० कित्तादेखि अधिकतम १ करोड कित्तासम्म आवेदन दिन पाइने छ ।

फण्ड १० रुपैयाँका दरले १० करोड कित्ता रहेको छ । जसमा १५ प्रतिशत एक करोड ५० लाख कित्ता रिलायबल नेपाल लाइफ इन्स्योरेन्सलाई, १४ प्रतिशत अर्थात् एक करोड ४० लाख कित्ता योजना व्यवस्थापक इन्भेष्टमेलाई, १ प्रतिशत अर्थात् १० लाख कित्ता सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख कित्ता सर्वसाधारणको लागि जारी गर्ने छ ।

म्युचुलअ फण्डको निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलवार १३:१४   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।