Logo

अर्थ

लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोही शेर्पालाई बैंकको लोगो अंकित ब्यानर हस्तान्तरण



काठमाडाैं । लुम्बिनी विकास बैंक लिमिटेडसँग स्थापनाकालदेखि नै निरन्तर सहयात्रा गर्दै आएका किर्तिमानी पर्वतारोही कामी रिता शेर्पा ३१औं पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणको लागि जान लागेको अवसरमा बैंकले सफलताको शुभकामना कार्यक्रम आयोजना गरेको छ ।

लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानर २ पटकसम्म सर्वोच्च शिखर सगरमाथामा किर्तिमानी पर्वतारोही कामी रिता शेर्पाले पुर्याइ सकेका छन् । उक्त कार्यक्रममा पुनः तेश्रो पटक बैंकको लोगो अंकित ब्यानर सर्वोच्च शिखर सगरमाथामा पुर्याउनको लागी बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले किर्तिमानी पर्वतारोही कामी रिता शेपालाई हस्तान्तरण गरेका हुन् ।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंकको बिभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेको छ ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलवार १५:१४   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।