काठमाडौं । नयाँ वर्ष २०८२ को आज पहिलो कारोबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक २७.१४ अंकले बढेर २६८९ विन्दुमा कायम भएको छ ।
आज २१२ कम्पनीको सेयर मूल्य बढेको छ भने ३४ कम्पनीको मात्रै मूल्य घटेको छ ।
आज ८ अर्ब ५४ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै बलेफी हाइड्रोपावर कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको २ अर्ब १ करोडको सेयर कारोबार भएको छ । एनआरएनको ४२ करोड २२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कर्पोरेट डभेलपमेन्ट बैंक र ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् । आज सबैभन्दा धेरै बलेफी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया