Logo

प्रमुख समाचार

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता, मन्त्रिपरिषद् बैठक ६ बजे



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

गठबन्धन सरकारका बारेमा मुख्यतयाः कांग्रेसबाटै प्रश्न उठिरहेको बेला ओली र देउवा बीचमा भेटवार्ता भएको हो ।

सो भेटवार्ता मंगलबार दिउँसो प्रधानमन्त्री निवास वालुवाटारमा भएको बताइएको छ ।

त्यस्तै प्रधानमन्त्रीले आजै मन्त्रिपरिषद् बैठक बोलाएका छन् । साँझ ६ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलवार १६:३६   :  बजे

312
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।