Logo

अर्थ

पेट्रोल, डिजल र मट्टीतेलको मूल्य ३ रुपैयाँले घट्यो



काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । हिजाे (मंगलबार) राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाइएको नेपाल आयल निगमले जनाएको छ ।

पेट्रोल, डिजल र मट्टीतेलमा ३/३ रुपैयाँ घटाइएको निगमले जनाएकाे छ ।

योसँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको १६० र मट्टीतेलको १४६ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङमा पेट्रोलको १५९ र मट्टीतेलको १४५ रुपैयाँ पर्नेछ । त्यस्तै, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीगञ्जमा भने पेट्रोलको १५७ रुपैयाँ ५० पैसा र मट्टीतेलको १४३ रुपैयाँ ५० पैसा पर्नेछ ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार १०:१२   :  बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।