Logo

अर्थ

माण्डु हाइड्रोपावरको विद्युत उत्पादन क्षमतामा वृद्धि



काठमाडौं । माण्डु हाइड्रोपावरको विद्युत उत्पादन क्षमता बढेको छ । माण्डु हाइड्रोपावरले प्रवर्द्धन तथा सञ्चालन गरेको बागमती साना जलविद्युत आयोजनाको विद्युत उत्पादन क्षमता बढेको हो ।

यसअघि आयोजना विद्युत उत्पादन क्षमता २२ मेगावटा रहेको थियो । त्यसमा १० मेगावाट क्षमता वृद्धि गरी ३२ मेगावाट विद्युत उत्पादन अनुमतिपत्र तथा विद्युत खरिदबिक्री सम्झौता सम्पन्न भएको कम्पनीले जानकारी गराएको छ ।

 

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार ११:५९   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।