Logo

अर्थ

चैतमा घरजग्गा कारोबार र राजस्व बढ्यो



काठमाडाैं । चैतमा मात्रै घरजग्गा कारोबारबाट ४ अर्ब ३९ करोड रुपैयाँ राजस्व उठेको छ । यो चालु आर्थिक वर्षका बाँकी सबै महिनाभन्दा बढी रहेको भूमि, व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । चैतमा राजस्वसँगै घरजग्गाको कारोबार र कित्ताकाट पनि धेरै भएको विभागले जनाएको छ ।

याे चालु आर्थिक वर्षको चैतमा देशभर ४९ हजार ८ सय ३२ संख्यामा घरजग्गा कारोबार भएको छ । यसअघि गत वर्ष चैतमा ५० हजार २५२ संख्यामा घरजग्गा कारोबार भएको थियो ।

फागुनमा देशभर भएको घरजग्गा कारोबारबाट सरकारलाई ४ अर्ब १२ करोड रूपैयाँ राजस्व प्राप्त भएको थियो ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार १२:४३   :  बजे

108
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।