Logo

राजनीति

पूर्वप्रदेश प्रमुख अहिराजमाथि प्रहरीले थाल्यो अनुसन्धान



काठमाडाैं । मधेस प्रदेशका पूर्व प्रमुख राजेश झा (अहिराज)विरूद्ध प्रहरीले अनुसन्धान गरिरहेको खुलेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकालीस्थित महिला सेलले उनीविरूद्ध यौन दुर्व्यवहार कसुरमा अनुसन्धान गरिरहेको हो । परिसरका प्रवक्ता एवं एसपी अपिलराज बोहराले दुर्व्यवहारको विषय आएकाले वास्तविकतामाथि अनुसन्धान भइरहेको बताए ।

‘अनुसन्धान भइरहेको छ । अनुसन्धानको विषय भएकाले थप बोल्ने अवस्था अहिले छैन,’ उनले भने ।

उनीविरूद्ध पक्राउ पुर्जी जारी भए/नभएको बारे जानकारी नभएको पनि उनले बताए ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार १४:४८   :  बजे

153
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।