Logo

अर्थ

प्रभु बैंकका सीईओ अशोक शेरचनका पक्षमा सर्वोच्च अदालतले दियो अन्तरिम आदेश



काठमाडौं । सर्वोच्च अदालतले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनको पक्षमा आदेश गरेको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले शेरचनको पक्षमा आन्तरिम आदेश जारी गरेको हो ।

शेरचनले बैंकको सञ्चालक समितिको नियुक्तिअनुसार २०८३ माघसम्म नै काम गर्न पाउनुपर्ने मागसहित दायर गरेको रिटमा शेरचनकै पक्षमा आदेश जारी गरेको हो ।

शेरचन पहिलोपटक २०७१ माघ १८ गते प्रभु बैंकको सीईओ नियुक्त भएका थिए । त्यसपछि २०७५ माघमा १० गते उनी दोस्रो कार्यकालका लागि नियुक्त भएका थिए ।

बैक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०६३ ले बैंकको सीईओको एक कार्यकाल चार वर्ष हुने र दुईपटक सम्म मात्रै सीईओ बन्न पाउने व्यवस्था गरेको भन्दै अधिवक्ता अनिता थापाले उच्च अदालत पाटनमा रिट दायर गरेकी थिइन् ।

उक्त रिटमाथि सुनुवाई गर्दै उच्च अदालत पाटनले उनको कार्यकाल गणना गरी आगामी वैशाख ९ गतेसम्म मात्रै सीईओ हुन पाउने आदेश गरेपछि शेरचनले सर्वोच्चमा पुनरावेदन गरेका थिए ।

सर्वोच्चले उच्चको आदेशमा कारण देखाउ आदेश जारी गर्दै शेरचनको पक्षमा अन्तरिम आदेश जारी गरेको हो ।

 

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार १६:५९   :  बजे

144
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।