Logo

अर्थ

सेयर बजारमा २६ अंककाे वृद्धि, १० अर्ब ७९ करोडकाे कारोबार



काठमाडौं । साताको अन्तिम दिन आज सेयर बजार बढेको छ । नेप्से परिसूचक २६.४९ अंकले बढेर २७२२ को विन्दुमा कायम भएको छ ।

आज १८७ कम्पनीको सेयर मूल्य बढेको छ भने ५९ कम्पनीको मूल्य घटेको छ ।

आज १० अर्ब ७९ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन पावर पार्टनरको कारोबार भएको छ ।  यस कम्पनीकाे १ अर्ब ५८ करोड २५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआरएनको ६२ करोड ४६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । यस कम्पनकिा लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै एनआइसी एशिया डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ४ प्रतिशतका दरले गुमाएका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार १५:२५   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।