काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था पुनःस्थापना र पार्टी सङ्गठनलाई सँगसँगै लैजाने निर्णय गरेको छ । बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वैशाख ७ गते काठमाडौँमा निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय समेत गरेको छ ।
राप्रपाले राजसंस्थाको पक्षमा जनचेतना जगाउने र पार्टीलाई थप सशक्त बनाउन केन्द्रीय बैठकमा अन्य रणनीतिहरू तय गरेको छ । यस्तै ९ गते ७७ जिल्लामा विरोध सभा र धर्ना दिने तथा उपत्यकामा सबै वडा तहसम्म नेताहरू पुग्दै सङ्गठनलाई मजबुत बनाउने निर्णय गरेको बैठकपछि अध्यक्ष लिङ्देनले जानकारी दिए ।
यससँगै, पार्टीका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर राणा लगायतका नेता र कार्यकर्तालाई रिहा गर्न माग गरिएको छ ।




















प्रतिक्रिया