Logo

धर्म / संस्कृति

२५ जना सदस्यसहित नेपाल आईपुगिन् देवी प्रतिभा, १४ दिनसम्म पोखरामा कथावाचन गर्ने



काठमाडाैं । विश्व प्रसिद्ध कथा वाचिका देवी प्रतिभा नेपाल आएकी छिन् । उनी गण्डकी शत कुण्डीय गायत्री कोटिहोमका लागि पोखरा पुगेकी हुन् ।

कथा वाचिका देवि प्रतिभाले आज पोखरा महानगरपालिका १७ मा जारी ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोममा समुद्घाटन गर्ने आयोजक मानवसेवा फाउन्डेसनका संस्थापक बिजय कृष्ण मूर्तीले जानकारी दिए ।

देवि प्रतिभाको टिममा २५ जना सदस्य रहेका छन् । उनको टिममा पहिला जस्तै सुरक्षा गार्ड र आफ्नै बाद्ययबादनको समुह समेत रहेको बताइएको छ ।

उनले पोखरा महानगरपालिका १७ मा जारी ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोममा १४ दिनसम्म कथावाचन गर्नेछिन् । त्यस्तै शितकृष्ण महाराज जी पनि यतिबेला पोखरामा छन् । हिजो पोखरा पुगेका उनले आज हुने विश्व प्रसिद्ध कथा वाचिका देवि प्रतिभाको कथावाचन समुद्घाटन कायृक्रमभमा पनि प्रवचन दिने कार्यक्रम रहेको बताइएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार १२:४२   :  बजे

180
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।