Logo

अर्थ

कर्मचारीको अवकाश उमेर ६० पुर्‍याए वर्षमा ६० अर्ब बचत हुन्छ : अर्थ सचिव



काठमाडाैं । अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले निजामतीलगायत कर्मचारीको अवकाश उमेर ६० वर्ष पुर्‍याए वार्षिक ६० अर्ब रुपैयाँसम्म बचत हुने बताएका छन् ।

संघीय निजामती सेवा ऐनमा अर्थ मन्त्रालयका तर्फबाट सुझाव र धारणा दिन प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा पुगेका अर्थ सचिव उपाध्यायले कर्मचारीको उमेर हद ६० वर्ष पुर्‍याए हुने बताएका हुन् ।

निजामतीमा अवकाशको विषयमा निर्णय लिँदा अन्यत्र पनि असर पर्ने, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी लगायतमा समेत असर पर्ने र सबैतिरको जोड्दा एकैपटक अककाश ५८ बाट ६० वर्ष पुर्‍याए ५० देखि ६० अर्ब बचत हुने बताएका हुन् ।

अवकाश ५८ बाट ६० वर्ष पुर्‍याउने सहमति जुटेको छ । तर, कसरी पास गर्ने भन्नेमा कुरा मिल्न बाँकी छ । ६/६ महिना गरेर २ वर्षभित्र लागू गर्ने कि, एक/एक वर्ष गरेर लागू गर्ने भन्नेमा मत विभाजित छ । यस्तोमा अर्थ मन्त्रालयले एकैपटक ५८ बाट ६० वर्षको प्रावधान लागू गर्न सुझाएको हो ।

उनले मुलुकको अर्थतन्त्रको अवस्थाको दृष्टिकोणबाट यस्तो सुझाव दिएको पनि बताए ।

 

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार १४:३३   :  बजे

639
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।