Logo

समाचार

निजामती ट्रेड युनियनका प्रतिनिधिले बुझाए ११ बुँदे मागसहित ज्ञापनपत्र



काठमाडाैं । निजामती कर्मचारी सङ्गठनहरूको संयुक्त ट्रेड युनियनले ११ बुँदे मागसहित राज्य व्यवस्था तथा सुशासन समितिलाई ज्ञापन पत्र बुझाएको छ । सिंहदरबारमा शुक्रबार आयोजित कार्यक्रममा संयुक्त युनियनले समिति सभापति रामहरि खतिवडालाई ज्ञापनपत्र बुझाउँदै तत्काल संघीय निजामती सेवा ऐन ल्याउन माग गरेका हुन् ।

ज्ञापनपत्र बुझ्दै सभापति खतिवडाले कर्मचारीहरूको योगदानको कदर गर्दै राज्य स्रोत र साधनले भ्याएसम्म आवश्यक सेवा–सुविधा सुनिश्चित हुने गरी कानुन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे। “निजामती कर्मचारीहरू संविधान र व्यवस्थाको निर्माणमा अग्रमोर्चामा रहे, अब यसको संरक्षणमा पनि उनीहरूको भूमिका महत्त्वपूर्ण हुनेछ”, सभापति खतिवडाले भने ।

ज्ञापनपत्रमा राष्ट्रिय तथा आधिकारिक ट्रेड युनियनको व्यवस्था, कर्मचारीको सेवा सुविधा, संघीय संरचनाअनुसार समायोजन प्रक्रिया, बढुवाको प्रणाली, पारिश्रमिक समायोजनलगायतका विषय समेटिएका छन् ।

निजामती कर्मचारीहरूले राष्ट्रिय स्तरका ट्रेड युनियन र आधिकारिक ट्रेड युनियनको व्यवस्था हुनुपर्नेसहित विभिन्न सेवा सुविधालाई विधेयकमा समावेश गर्नुपर्ने माग राखेका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार १४:४३   :  बजे

111
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।