काठमाडौं । तीनकुने घटनामा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर राणालाई रिहा गर्ने तयारी भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको सिफारिसमा सरकारी वकिलको कार्यालय काठमाडौँले उनलाई हाजिर जमानीमा छाड्न लागेको हो ।
स्रोतका अनुसार राणाको बयान प्रक्रिया पूरा भइसकेको छ र अब आवश्यक परेमा मुद्दा अदालतमा लैजाने तयारीसहित हाललाई उनलाई छोड्न लागिएको हो ।
क्यान्सरका बिरामी राणा नियमित स्वास्थ्य परीक्षणका लागि भारत जानुपर्ने अवस्था रहेको भन्दै मानवीय आधारमा हाजिर जमानीमा रिहा गर्न लागिएको बताइएको छ ।
राणा चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनमा हिंसा फैलिएपछि प्रहरीले सोही दिन पक्राउ गरेको थियो ।




















प्रतिक्रिया