काठमाडौं । एनएमबी बैंकको नाफा बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिस्कृत वित्तीय विवरण अनुसार नाफा बढेको हो ।
साउनदेखि चैत मसान्तसम्म बैंकले २ अर्ब ३७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो नाफा २ अर्ब २४ करोड रुपैयाँ थियो ।
बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पहिले १६.२७ रुपैयाँ रहेकोमा अहिले १७.२३ रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी पनि पहिले ५ अर्ब ४४ करोड रुपैयाँ रहेकोमा अहिले ६ अर्ब ४९ करोड रुपैयाँ छ ।
प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ रहेको छ । आधार दर पहिले ९.१५ प्रतिशत रहेकोमा अहिले ६.४९ प्रतिशत छ ।




















प्रतिक्रिया