काठमाडौं । २० वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
सार्वजनिक वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म वाणिज्य बैंकहरूले कुल ४१ अर्ब २५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् ।
गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा ४० अर्ब ६८ करोड रुपैयाँ थियो । एक वर्षको समीक्षा अवधिमा बैंकहरुको नाफा जम्मा १.४० प्रतिशत बढेको हो ।
११ बैंकको नाफा बढेको छ भने ९ को घटेको छ ।
नबिल बैंकले सबैभन्दा धेरै ५ अर्ब ५ करोड खुद नाफा कमाएको छ । त्यस्तै एनआईसी एसिया बैंकले नाफा सबैभन्दा कम नाफा कमाएकाे छ ।
नबिल बैंकले चैत मसान्तसम्मकाे नाफा ८.२१ प्रतिशतले बढेको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक दोस्रो स्थानमा रहेको छ । बैंकले चैत मसान्तसम्म ४ अर्ब ५४ करोड नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ३ अर्ब २७ करोड ५२ लाख ७७ हजार रुपैयाँ रहेको थियो ।
तेस्रो नम्बरमा ग्लोबल आइएमई बैंक रहेको छ । बैंकको नाफा गत आवको सोही अवधिको तुलनामा ३७.१२ प्रतिशतले बढेर ४ अर्ब ५३ करोड ४० लाख ९९ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ३ अर्ब ३० करोड ६५ लाख ५२ हजार रुपैयाँ रहेको थियो ।
त्यस्तै एभरेष्ट बैंकले ३ अर्ब नाफा कमाएकाे छ । यो अवधिमा बैंकको नाफा ३२.५५ प्रतिशतले बढेर ३ अर्ब ४५ करोड ७६ लाख ३६ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा २ अर्ब ६० करोड ८४ लाख ६४ हजार रुपैयाँ रहेको थियो ।
प्रतिशतको आधारमा धेरै नाफा प्रतिशत नाफा बढाउनेमा नेपाल बैंक रहेको छ । गत आवको चैत मसान्तको तुलनामा यो अवधिमा बैंकको नाफा २०३२.८० प्रतिशतले नाफा बढेर २ अर्ब ७८ करोड ३४ लाख ९४ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा १३ करोड ५ लाख ९ हजार रुपैयाँ रहेको थियो ।
एनएमबि बैंकले चैत मसान्तसम्म २ अर्ब ३७ करोड ३२ लाख ८९ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा २ अर्ब २४ करोड १५ लाख ९५ हजार रुपैयाँ रहेको थियो ।
प्रभु बैंकको नाफा १ अर्ब ८७ करोड ६० लाख ६० हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा १ अर्ब ८१ करोड २४ लाख ५८ हजार रुपैयाँ रहेको थियो । सानिमा बैंकको नाफा १ अर्ब ६५ करोड २४ लाख ७६ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा १ अर्ब ४३ करोड ९४ लाख ४२ हजार रुपैयाँ रहेको थियो ।
लक्ष्मी सनराइज बैंकको नाफा १ अर्ब ६५ करोड २१ लाख ६४ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा १ अर्ब ६१ करोड ५९ लाख रुपैयाँ थियो । नेपाल एसबिआई बैंकको नाफा १ अर्ब २० करोड ३२ लाख ६१ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा १ अर्ब १६ करोड ४१ लाख ७७ हजार रुपैयाँ थियो ।
त्यस्तै माछापुच्छ्रे बैंकको नाफा १ अर्ब १० करोड २६लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा ८५ करोड ५४ लाख ६४ हजार रुपैयाँ थियो ।
चैत समान्तसम्म ९ वटा बैंकको नाफा घटेको छ ।
प्राइम बैंकको नाफा २२.५६ प्रतिशतले घटेर २ अर्ब २२ करोड ९३ लाख ४ हजार रुपैयाँ छ ।
यस्तै स्टयान्डर्ड चार्टर्ड बैंकको नाफा ११.१७ प्रतिशतले घटेर २ अर्ब १७ करोड ३७ लाख ७६ हजार, कृषि विकास बैंकको नाफा १०.१७ प्रतिशतले घटेर १ अर्ब ८४ करोड ४३ लाख ६० हजार, सिद्धार्थ बैंकको नाफा ०.९४ प्रतिशतले घटेर १ अर्ब ६६ करोड ८२ लाख ६० हजार, राष्ट्रिय वाणिज्य बैंकको ४९.२९ प्रतिशतले घटेर १ अर्ब २० करोड ४३ लाख ७० हजार रुपैयाँ रहेको छ ।
यस्तै सिटिजन्स बैंकको नाफा २०.६० प्रतिशतले घटेर ९६ करोड १८ लाख ९३ हजार, हिमालय बैंकको नाफा ७४.३३ प्रतिशतले घटेर ५० करोड, कुमारी बैंकको ७२.८५ प्रतिशतले घटेर २८ करोड ५८ लाख २३ हजार र एनआईसी एशिया बैंकको नाफा ९१.८१ प्रतिशतले घटेर १५ करोड ६७ लाख ७५ हजार रुपैयाँमा सिमिति भएको छ ।
प्रतिक्रिया