काठमाडौं । मुक्तिनाथ विकास बैंकले ७२ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै समिक्षा अवधिमा बैंकले ७२ करोड ४८ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
तर, यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा भने १६.८६ प्रतिशत कमी हो । गत आवको सो अवधिमा बैंकले ८७ करोड १८ लाख २५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको संचालन नाफा पनि १८ प्रतिशत घटेर १ अर्ब ३ करोड ५२ लाख रुपैयाँ कायम भएको छ ।
समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने ४.९७ प्रतिशत बढेर ३ अर्ब २८ करोड ५८ लाख रुपैयाँ कायम भएको छ । बैंकको वितरणयोग्य नाफा भने ६१ करोड ९५ लाख रुपैयाँ छ ।
हाल बैंकको चुक्ता पुँजी ७ अर्ब ४ करोड ६९ लाख रुपैयाँ छ । बैंकले जगेडा कोषमा ३ अर्ब ४८ करोड ८५ लाख रुपैयाँ राखेको छ ।
बैंकको खराब कर्जा पनि २.०२ प्रतिशतबाट बढेर ४.१४ प्रतिशत पुगेको छ । हाल बैंकको प्रतिसेयर आम्दानी १३.७१ रुपैयाँ छ र प्रतिसेयर नेटवर्थ १५८.३ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया