काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक सिंहले सरकारले जनआन्दोलनको स्वर दबाउन प्रहरी परिचालन गरी धरपकड गर्न थालेको आरोप लगाएका छन् । आइतबार काठमाडौंको बबरमहलमा आयोजित प्रदर्शनको क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सिंहले आफूहरू निषेधित क्षेत्रमा नपुगे पनि प्रहरीले बल प्रयोग गर्न खोजेको बताएका हुन् ।
‘हामी निषेधित क्षेत्रमा पनि पुगेका छैनौं । त्यही धरपकड गर्न खोजेको हो,’ उनले भने, ‘जनताको आवाज राप्रपाले उठाउन खोज्ला हदसम्म तानि तानि उनीहरूले दबाउन खोजेका छन् ।’
प्रदर्शनको क्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र सांसद ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यही समयमा सांसद सिंह पनि त्यहाँ उपस्थित थिए, तर उनी भने नियन्त्रणमा नपरी पछि प्रदर्शनस्थलमा पुगेका हुन् ।




















प्रतिक्रिया