काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा ५८ करोड रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकले सोमबार सूचना जारी गरी आफ्नो उपदान र पेन्सन कोषमा रहेको उक्त परिमाण बराबर रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्ने जनाएको हो ।
केन्द्रीय बैंकले कुल रकममध्ये ४६ करोड ४० लाख रुपैयाँ वाणिज्य बैंकमा, ८ करोड ७० लाख रुपैयाँ राष्ट्रियस्तरका विकास बैंकमा र बाँकी २ करोड ९० लाख रुपैयाँ राष्ट्रियस्तरका वित्त कम्पनीमा लगानी गरिने जनाएको छ ।
रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाले ११ वैशाख बिहान १० देखि दिउँसो १ः३० बजेभित्र आवेदन दिनुपर्ने छ । बैंक तथा वित्तीय संस्थाले २०८२ वैशाख १० गतेसम्म ब्याजदर प्रस्ताव गर्नुपर्नेछ ।
यो मुद्दति निक्षेप २०८२ वैशाख १६ गतेदेखि २०८३ वैशाख १६ गतेसम्म ३६६ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया