काठमाडाैं । एभरेष्ट बैंक लिमिटेडको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ । बैंकको अंकित तथा चुक्तामूल्य रु १००० कायम भएको ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।
‘१० वर्षे अवधिको ७.५० प्रतिशत ब्याजदर भएको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१’ नामक यो ऋणपत्र धितोपत्र सूचीकरण नियमावली २०७५ बमोजिम गत वैशाख ७ गतेको निर्णय बमोजिम सूचीकरण गरिएको हो ।
अब आगामी कारोबारदेखि यो ऋणपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ ।
बैंकले गत फागुन १८ गतेदेखि फागुन २३ गतेसम्म १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको १० वर्षे अवधिको ऋणपत्र निष्कासन गरेको थियो ।
प्रतिक्रिया