Logo

अर्थ

एकैदिन ६ हजार ९०० रुपैयाँ बढ्यो सुन, तोलामा २ लाख नजिक



काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएकाे छ । आज एकैदिन तोलामा ६ हजार ९०० रुपैयाँ बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

सुनको मूल्य मंगलबार तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको हो । अघिल्लो दिन तोलामा १ लाख ९१ हजार रुपैयाँ कायम भएको थियाे ।

यसैबीच चाँदीको मूल्य पनि सामान्य बढेको छ । सोमबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको हो ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलवार ११:११   :  बजे

114
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।