काठमाडौं । ‘रिलायबल समृद्धि योजना’ मा आवेदन दिने आज वैशाख ९ गते मंगलबार अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र यस फन्डको इकाईमा आवेदन दिन सक्नेछन् ।
रिलायबल इन्भेष्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको ‘रिलायबल समृद्धि योजना’ ले १० करोड इकाई बिक्री खुला गरेको हो । वैशाख ३ गतेदेखि म्युचुअल फन्ड योजना बिक्री खुला गरेको हो ।
यसमा न्यूनतम १ सय इकाईदेखि अधिकतम १ करोड लाख इकाईसम्म आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यो बन्दमुखी योजना हो ।




















प्रतिक्रिया